प्रशिक्षकहरुको सूची (Roster) मा नाम सूचीकृत गर्ने सम्बन्धी सूचना
प्रशिक्षकहरुको सूची (Roster) मा नाम सूचीकृत गर्ने सम्बन्धी सूचना
(प्रकाशित मिति २०८३/०४/१९)
यस केन्द्रद्वारा आ.ब. २०८३/०८४ मा सञ्चालन गरिने विभिन्न विषयका सीपमूलक तालिमहरु सञ्चालन गर्न प्रशिक्षक/ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक आबश्यक भएको हुँदा "व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन निर्देशिका, २०७७" को दफा १९(१)बमोजिम प्रशिक्षकको सूची (Roster) तयार गर्नुपर्ने भएको हुँदा सम्बन्धित बिषयका प्रशिक्षकको सूचीमा समावेश हुन इच्छुक नेपाली नागरिकले तोकिएको योग्यता र अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपि सहित तोकिएको ढाँचामा मिति २०८३/०५/०२ गते मंगलवार भित्र दरखास्त दिनुहुन या अनलाइन e-mail: shipbutwal@gmail.com बाट आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।साथै बिस्तृत सूचना र दरखास्त फाराम यस केन्द्रको वेवसाइटः shipabutwalpwlnqn.giwms-admin.gov.np र कार्यालयको फेसबुक पेज "व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवल" मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।