तालिम उद्घाटन तथा सञ्चालन मिति परिवर्तन सम्बन्धी सूचना
तालिम उद्घाटन तथा सञ्चालन मिति परिवर्तन सम्बन्धी सूचना !
यस केन्द्रबाट मिति २०८३/०६/०९ गतेदेखि उद्घाटन तथा सञ्चालन गर्ने तय गरिएको केयर गिभर आधारभूत, कटाई सिलाई आधारभूत र व्यूटिसियन आधारभूत तालिमका सम्पूर्ण प्रशिक्षार्थीहरूका लागि यो सूचना प्रकाशित गरिएको छ।
मिती २०८३ असोज ८ गते देखि १२ गतेसम्म हुन सक्ने सम्भावित भारी अविरल वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रशिक्षार्थीहरूको सुरक्षाका लागि उक्त तालिमहरूको उद्घाटन तथा नियमित कक्षा सञ्चालन कार्यक्रम आगामी मिति २०८३/०६/१३ गते हुने व्यहोरा जानकारी गराइन्छ।
यसबाट प्रशिक्षार्थी वर्गमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौँ।
बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा उच्च सतर्कता अपनाउन सम्पूर्ण प्रशिक्षार्थी, प्रशिक्षक, कर्मचारी तथा सेवा ग्राही परिवारमा हार्दिक अनुरोध गरिन्छ ।